काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी पहिरो पिडितको सहयोगका लागि चीन सरकारले १० लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ ।
नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा सहभागी हुन नेपाल आएका चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले बाढीपहिराका कारण भएको जनधनको क्षतिप्रति दुःख आपत्कालीन सहायता घोषणा गरेका हुन् ।
आजबाट सुरु वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गरेका छन् । यसैगरी उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहभागी छन् ।
प्रतिक्रिया