काठमाडौं । व्यक्तिगत सवारी साधन लिदा अब ग्राहकले ३५ प्रतिशत मात्र डाउन पेमेन्ट गरे पुग्ने भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकले निर्देशन जारी गरी व्यक्तिगत सवारी कर्जामा ६५ प्रतिशत कर्जा दिन पाउने व्यबस्था गरेसँगै बैंकका ग्राहकलाई सहज भएको हो ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तिय संस्थाले व्यक्तिगत सवारी कर्जामा ६५ प्रतिशत मात्र कर्जा दिन पाउने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले गत आवको मध्यबाट सवारी मूल्यको आधारमा कर्जा सीमा ५० प्रतिशत तोकेको थियो । सो व्यवस्था अघि सवारीको मूल्यको ७० प्रतिशतसम्म कर्जा दिइरहेका बैंकहरुलाई राष्ट्र बैंकले पहिलो पटक सीमामा ल्याएर यो कर्जामा कडाई गरेको थियो ।
तर, ५० प्रतिशतको सीमाले सवारीको बिक्रीमा प्रभाव परेको भन्दै व्यवसायीहरुले सीमा घटाउन माग गरेपछि राष्ट्र बैंक लचिलो भएको थियो । व्यक्तिगत विद्युतीय सवारी साधानमा भने बैंकहरुले सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन पाउने छन् । त्यस्तै, कम्तिमा ४० सिट भएका सार्वजनिक सवारी साधन, निर्माणमा प्रयोग हुने, पर्यटन, शिक्षा, स्वास्थ्य र ढुवानीमा प्रयोग हुने सवारीमा भने यो सीमा नलाग्ने भएको छ ।
प्रतिक्रिया