वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पोखरा फाइनान्सको एफपीओमा आवेदन गर्ने सबैलाई १० कित्ता पक्का

अर्थटुडे
२०७४ भाद्र ३, शनिबार

काठमाडौं पोखरा फाइनान्सको एफपीओमा सबैलाई १० कित्ता शेयर पर्ने निश्चित भएको छ । ४८ हजार ५०० जना आवेदकले ७२ करोड रुपैयाँको हाराहारीमा मात्र आवेदन दिएपछि सबैलाई १० कित्ता सेयर दिन सकिने सेयर निष्काशक तथा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटलले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले साउन १ गतेदेखि लागू हुने गरी प्रत्येक आवेदकलाई सम्भव भएसम्म न्यूनतम १० कित्ता शेयर बाँडफाँड गर्नुपर्ने नियमावली कार्यान्वयनमा ल्याएको थियो ।

फाइनान्सले साढे ९ लाख ८३ हजार ६ सय ८२ कित्ता शेयर बिक्री गरेकोमा ५० हजारभन्दा कमको मात्र आवेदन परेको हो । ९८ हजारभन्दा बढी आवेदनकर्ताले शेयर आवेदन गरेमा मात्र गोलाप्रथाबाट शेयर बाँडफाँडको निर्णय गर्नुपर्ने अवस्था आउने थियो ।

पोखरा फाइनान्सले साउन २५ गतेदेखि १०० रुपैयाँ अंकित मूल्यमा १२० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२० रुपैयाँको दरले एफपीओ जारी गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ