काठमाडौं । आर्थिक वर्ष २०७३\०७४ मा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक भएको छ । सञ्चालनमा रहेका २८ वटै वाणिज्य बैंकहरुमध्ये सर्वाधिक नाफा कमाउदै बैंकले गत आवमा ३ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको नाफा २८ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो आवमा बैंकले २ अर्व ८२ करोड नाफा गरेको थियो ।
२३ बैंक अर्वपति
देशको अस्थिर राजनीतिक अवस्था र तरलताको उतारचढाव भोगेपनि बैंकहरुको नाफा भने गत आवमा उच्च वृद्धि भएको छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार २३ वटा बाणिज्य बैंकहरुले अर्व नाफा गरेका छन् । ५ वटा बैंकको मात्र अर्व भन्दा कम नाफा रहेको छ । गत आवमा कुमारी बैंकको मात्र नाफा घटेको छ ।
अर्वभन्दा कम नाफा कमाउनेमा मेगा, कुमारी, जनता, सेन्चुरी र सिभिल बैंक छन् । सिभिल सबैभन्दा कम नाफा कमाउने बैंकमा परेको छ । उसको नाफा ३३ करोड ८१ लाख रुपैयाँ मात्र रहेको छ ।
हेर्नुहोस् कुन बैंकले कति कमाए ?
प्रतिक्रिया