काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले पुँजीको ५ प्रतिशत बोसन सेयर दिने विशेष प्रस्ताव पेस गर्नका लागि साधारणसभा बोलाएको छ । कम्पनीले भदौ ३० गते ६७ र ६८ औ साधारणसभा एकैपटक बोलाएको छ । बोनस सेयर जारि गरेपछि एक सय प्रतिशत हकप्रद सेयर जारि गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गर्ने भएको छ ।
कम्पनीको साधारणसभाको लागि भदौ १६ गतेदेखि ३० गतेसम्म बुक क्लोज हुने भएको छ । बिमा समितिले एक अर्ब चुक्तपुँजी पुर्याउनका लागि कम्पनीले बोनस सेयर र शतप्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । कम्पनीको हालको चुक्तापूँजी २८ करोड ७६ लाख रुपैयाँ रहेको छ । कम्पनीले ५ प्रतिशत बोनस सेयर दिएसँगै चुक्ता पूँजी ३० करोड १९ लाख रुपैयाँ पुग्नेछ ।
बोनस सेयर दिएपछि एक सय प्रतिशत हकप्रदपछि कम्पनीको ६० करोड ३९ लाख रुपैयाँ चुक्तापुँजी पुग्नेछ । कम्पनीले एक अर्ब चुक्तापूँजी पुर्याउन अझै ३९ करोड ६० लाख चाहिन्छ । त्यसका लागि कम्पनीले पुनः हकप्रद र बोनस सेयरकै बाटो रोज्नु पर्ने देखिन्छ ।
प्रतिक्रिया