काठमाडौं । बिमा व्यवसाय संचालनका लागि अर्थ मन्त्रालयबाट सैद्धान्तिक सहमति पाएको महालक्ष्मी इन्स्योरेन्सलाई तोकिएको पुँजी पुर्र्याउन कठिन भएको छ । कम्पनीले दिएको समयभित्र पुँजी पुर्र्याएर इजाजतपत्र लिन नसकेपछि अर्थ मन्त्रालय गुहारेर ४५ दिनको थप समय थपेको हो ।
सैद्धान्तिक सहमति पाएका १० नयाँ जीवन बिमा कम्पनीमध्ये ९ वटा कम्पनीले तोकिएको पुँजी पुर्र्याएर इजाजतपत्र पाइसकेका छन् । इजाजतपत्र लिने कम्पनीमा आइएमई, युनियन, ज्योति, रिलायन्स, रिलायबल, सन, सिटिजन्स, स्टार र सानिमा लाईफ इस्योरेन्स रहेका छन् । यसमध्ये आइएमईले भदौ १ गतेबाट कारोबार सुरु गरिसकेको छ ।
समितिबाट लाइसेन्स लिएपछि कम्पनीहरुले ६ महिनाभित्र कारोबार सुरु गर्नुपर्छ । यस अवधिमा कार्यालय स्थापना, जनशक्ति, संस्थागत संरचना, पूर्नबिमा सम्झौतालगायतका सर्त पुरा गरेपछि व्यवसाय संचालनको अनुमति पाउछन् ।
प्रतिक्रिया