काठमाडौं । खोटाङको दिप्रुङ गाउँपालिकाले जन्मेदेखि २ वर्ष नपुग्दासम्मका शिशुहरुलाई मासिक १ हजार रुपैयाँ पोषण भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । सो गाउँपालिकाले प्रत्येक आमा बुवाबाट जन्मिने बढीमा दुई सन्तानका लागि प्रोत्साहन स्वरुप उक्त पोषण भत्ता प्रदान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।
राईका अनुसार सो पोषण भक्ता पाउनका लागि गर्भवती महिलाले नियमित रुपमा स्वास्थ्य परीक्षण गराउनु पर्छ । बच्चा जन्मिएपछि बच्चालाई खुवाउनु पर्ने खोप लगाएको तथा भिटामिन खुवाएको शिशुको लागि मात्र पोषण भत्ता उपलब्ध गराउने निर्णय भएको अध्यक्ष राईले बताए ।
हालै बसेको एक बिशेष बैठकले स्वास्थ्य स्वयंसेविकालाई मासिक ५ सय दिने तथा ७० वर्ष माथिका वृद्धावृद्धलाई घरमै निशुल्क स्वास्थ्य जाँचको ब्यवस्था गर्ने पनि बताएको छ । गाउँपालिकाका विद्यालयहरुमा आफ्नो विषयमा सबैभन्दा राम्रो नतिजा दिलाउन सफल शिक्षकलाई पुरस्कृत गर्ने निर्णयसमेत भएको जानकारी गराईएको छ ।
प्रतिक्रिया