वि.सं. २०८२ जेष्ठ ३१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एशियन लाईफ र मुक्तिनाथ बिकास बैंकबिच सम्झौता

अर्थटुडे
२०७४ भाद्र १३, मंगलवार

काठमाडौं । जीवन बीमालाई ग्राहकको पहुँचसम्म सजिलै पु¥याउने उद्धेश्यले एशियन लाईफ ईन्स्योरेन्स र मुक्तिनाथ बिकास बैंकबिच बैंकासुरेन्स सम्झौता भएको छ । यससमन्धी सम्झौतापत्रमा एशियनका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र मुक्तिनाथ बिकास बैकका नायब प्रमुख कार्यकारी अधिकृत प्रधुमन पोखरेलले हस्ताक्षर गरे ।

बैंकासुरेन्सको माध्यमबाट बैंकका ग्राहकहरुलाई जीवन बीमा कम्पनीले प्रचलनमा ल्याएका बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ । अव एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग मुक्तिनाथ बिकास बैंकका नेपालभरिका ५९ वटा शाखा कार्यालयहरुबाट समेत लिन सकिने कम्पनीले जनाएको छ ।

एशियनले हाल ७२ वटा उपशाखा तथा २३ वटा शाखा कार्यालयमार्फत सेवा दिइरहेको छ । २०७४ आषाढ मसान्तसम्म कम्पनीको जीवन बीमाकोषमा १० अर्ब, लगानी ९ अर्व ५४ करोड तथा चुक्ता पुँजी ८० करोड रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ