वि.सं. २०८२ बैशाख १२
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नाडा अटो शो शुरु, नाडाद्धारा १० लाख रुपैयाँ बाढीपिडितलाई

अर्थटुडे
२०७४ भाद्र १३, मंगलवार

काठमाडौं । नाडा अटो शो मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । नाडा अटो शोको उद्घाटन गर्दै भौतिक यातायात तथा पूर्वाधार मन्त्री बीरबहादुर बलायरले यातायात क्षेत्रको विकासका लागि सातै प्रदेशमा प्रिन्टर राखेर स्मार्ट लाईसेन्स वितरण गरिने जानकारी दिदै आफू आएपछि तीन वर्षदेखि यातायात व्यवस्था कार्यलयको सर्भर डाउन हुने समस्या जरैदेखि समाधान गरेको समेत दाबी गरे ।

उनले अटो व्यवसायीहरुलाई आफ्नो व्यापारिक फाइदा मात्र नहेरी समग्र देशको हितको बारेमा सोच्न समेत आग्रह गरे । अटो व्यवसायीहरुले गाडीमा भन्सार छुट दिनुपर्ने मागमा मन्त्री बलायरले उद्देश्य अनुसार मात्रै भन्सार छुट दिन सकिने बताए ।

मन्त्री बलायरले सडक कर वापत २० अर्ब रुपैयाँ उठेपनि अर्थ मन्त्रालयले ४ अर्ब रुपैयाँ मात्र यातायात मन्त्रालयको लागि दिएको बताउदै सडकको स्तरोन्नती गर्न भनेर दिएको पैसा सडक मर्मतमै खर्च हुनु पर्ने तर सरकारी खर्च चलाउने गरेको समेत बताए ।

कार्यक्रममा नाडाका अध्यक्ष अन्जन श्रेष्ठले कलङ्की नागढुङ्गा सडकखण्डमा धेरै जाम हुने गरेको र सो समस्या समाधान गर्न मन्त्रीलाई आग्रह गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शेखर गोल्छाले सडक र यातायात नै विकासको मेरुदण्ड भएको जिकिर गरे । गोल्छाले भने– ‘जाम भयो भनेर गाडी आयात नगर्ने कुरा हुँदैन। बाटोनै फराकिलो बनाउनु पर्छ ।’

नेपाल चेम्बर अफ कमर्समा अध्यक्ष राजेशकाजी श्रेष्ठले उपत्यकामा बजार २४ घण्टानै खुल्ला राखेकोले यातायात पनि २४ घण्टा चलाउन मिल्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे। उक्त अवसरका नाडाले १० लाख रुपैयाँ नेपाल उद्योग वाणिज्य महासंघ मार्फत तराईका बाढीपीडितकालागि हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ