काठमाडौं । बीमा समितिको दिर्देशनका कारण युनाइटेड इन्स्योरेन्सले प्रस्ताव गरेको बोनस र हकप्रद सेयर स्थगित भएको छ । बीमा समितिले कम्पनीलाई समितिमा स्वीकृतिको लागि पेश गरेको आर्थिक बर्ष ७२\७३ को आर्थिक प्रतिवेदन परिमार्जन सहित पेश गर्न निर्देशन दिएपछि कम्पनीको सञ्चालक समितिको बैठकले बोनस र हकप्रद सेयर स्थगित गरेको हो ।
यसअघि कम्पनीको संचालक समितिले आफ्ना लगानीकर्तालाई दश प्रतिशत बोनस र बोनसपछिको शतप्रतिशत हकप्रद दिने निर्णय गरेको थियो । कम्पनीले यसअघिको प्रस्ताव अर्को निर्णय नभईन्जेलसम्मका लागि स्थगन गरेको इन्स्योरेन्सका प्रमुख कार्यकारी शेखर बरालले बताएका छन् ।
इन्स्योरेन्सको हाल चुक्ता पूँजी ३० करोड २४ लाख रुपैंया रहेको छ ।
प्रतिक्रिया