काठमाडौं । जिविएस टिमले तयार पारेको सर्भालेन्स रोवोट शसस्त्र प्रहरीलाई हस्तान्तरण गरेका छन् । शसस्त्र प्रहरी बलको मुख्यालयमा शसस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठलाई सो रोबोट हस्तान्तरण गएिको हो । निर्माण टोलीका सदस्य बिमलकुकार बोहोराले शसस्त्रलाई सर्वाईलेन्स रोवोटको आवश्यकता भएको लामो खोज तथा अनुसन्धान पछि यो रोवोट तयार पारिएको बताए ।
उनका अनुसार दुई सय मिटरसम्म वायरलेस अपरेट गर्न सकिने यो रोवोटले विपत स्थल, घटना स्थल र शंकास्पत वस्तुस्थितिका वारेमा जानकारी गर्न मदत गर्ने छ । उनले रोवोट उच्च स्तरीय प्रविधिबाट निर्माण गरिएको र शसस्त्र प्रहरीले यो रोवोटको प्रयोग गरि घटना स्थलको पूर्व अनुसन्धान गर्न सक्ने पनि बताए ।
सो टोलीमा इन्जिनियर गणेशविक्रम सिंह आले मगर, यज्ञप्रसाद देवकोटा र विमल कुमार बोहोरा रहेका छन् ।
आफ्नै निजी खर्चमा यो रोवोट निमार्ण गरेको विपतका वेला शसस्त्र प्रहरी जनतासंग प्रत्यक्ष सरोकार राख्ने निकाय भएकाले आफुहरुले तयार गरेको रोवोट शसस्त्र प्रहरीलाई हस्तान्तरण गरेको बोहोराले बताए ।
अव नेपाली सेना र शसस्त्र प्रहरी वलले महंगोमा विदेशबाट रोवोट किनेर ल्याउनु पर्दैन । नेपाली युवाहरुलेनै नेपालमै अत्याधुनिक प्रविधि सहितको रोवोट निर्माण गर्न सक्छौ । तर यसमा सवै सरोकारवाला निकायको सहयोग र हौसला आवश्यक उनले भने ।
शसस्त्र प्रहरी बलका महानिरिक्षक सिहबहादुर श्रेष्ठले आगामी दिनमा शशस्त्र प्रहरीलाई आवश्यक पर्ने रोवोटहरुका विषयमा र विपत व्यवस्थापनमा सहकार्य गर्ने बताए । शशस्त्र प्रहरीलाई विपत व्यवस्थापनमा सक्रिय र शंकास्पत वस्तुबाट चनाखो बनाउन यो रोवोटले ठूलो महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।
नेपाली सेना संग पनि आवद्ध भइ काम गरिरहेको वैज्ञानिकहरुले बम डिस्पोजल रोवोट एक थान नेपाली सेनालाइ हस्तान्तण गरिसकेका छन् । भने यौटा रोवोट हस्तान्त्रणको अन्तिम चरणमा रहेको छ ।
प्रतिक्रिया