वि.सं. २०८२ बैशाख १३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गैरआवासीय नेपालीहरुले पनि पुँजीबजारमा लगानी गर्न पाउने कार्यविधि बन्दै

अर्थटुडे
२०७४ भाद्र १५, बिहीबार

काठमाडौँ । गैरआवासीय नेपालीहरु पनि अब नेपालको पुँजीबजारमा लगानी गर्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डल विहिबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीहरुको लगानी सेयर बजारमा ल्याउनका लागि आबश्यक कार्यविधिहरु तयारी गरिरहेको जानकारी दिएको छ ।

सो नीति तथा कार्यक्रममा भेन्चर क्यापिटल र प्राइभेट इक्विटी फण्ड सम्बन्धी अध्ययन गरी आवश्यक नियम बनाउने र दोस्रो बजारका लगानीकर्तालाई आर्थिक वर्ष २०७५\७६ सम्म स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने उल्लेख छ ।

त्यसैगरी बोर्डले सुचिकृत संगठित संस्थाहरुकालागि संस्थागत सुशासन सम्बन्धी निदेर्शिका बनाएका लागु गर्ने सेयर बजारमा लगानी गर्ने उदेश्यले स्थापना भएका इन्भेस्टमेन्ट कम्पनीलाई नियमनको दायरामा ल्याउने जनाएको छ ।

बोर्डका अध्यक्ष रेबतबहादुर कार्कीका अनुसार बोर्डले आफ्नो नीति तथा कार्यक्रममा सामुहिक लगानी कोषतर्फ बोर्डले आगामी वर्ष खुलामुखी योजना बजारमा प्रवेश गराउने, धितोपत्र बजार प्रशिक्षण संस्था स्थापना र पूँजी बजार प्रदर्शनी तथा अन्तर्राष्ट्रिय सेमिनार लगायतका कार्यक्रम गरी धितोपत्र बजारको स्तरोन्नती गर्ने बिषयहरु समेत नीति तथा कार्यक्रममा रहेका छन् ।

त्यस्तै बढ्दो अर्थतन्त्र र पुँजी बजारको विस्तारलाई धान्न सक्ने गरी धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन कर्पोरेट मोडलमा नयाँ स्टक एक्सचेन्ज संचालनका लागि सहजीकरण गर्ने पनि बोर्डको नीति तथा कार्यक्रममा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ