काठमाडौं । नेपाली बिमा बजारमा नयाँ कम्पनी भित्रिएको छ । बिमा समितिले विहिबार रिलायबल लाइफ इन्स्योरेन्सलाई इजाजतपत्र दिएको छ ।
नियामकबाट इजाजत पाएपछि कम्पनीले दशै अघिनै कारोबार सुरु गर्ने जनाएको छ । कम्पनीले कार्यालय स्थापना, जनशक्ति, संस्थागत संरचना, पूर्नबिमा सम्झौतालगायतका सर्त पुरा गरेपछि व्यवसाय संचालनको अनुमति पाउछ ।
२ अर्व रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीका ७० प्रतिशत लगानी प्रमोटरको रहेको छ । बाँकी ३० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ ।
कम्पनीले गत साउन २० गते संचालनको अनुमति पाएको थियो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहोनी रहेका छन् ।
प्रतिक्रिया