काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रा.लिले नेपाली बजारमा सामसङ क्यू एलईडी टिभी (दि नेक्स्ट इनोभेसन इन टिभी) नेपाली बजारमा सार्वजनिक गरेको छ । सामसङको नेपालका लागि आधिकारिक विक्रेता रहेको कम्पनीले यही भदौ ११ गते काठमाडौंको सोल्टी क्राउन प्लाजामा डिलर्स मिट सम्पन्न गरेको छ ।
सो कार्यक्रममा ४०० भन्दा बढि डिलरहरु नेपालका विभिन्न क्षेत्रबाट डिलर्स मिटमा सक्रिय रुपमा सहभागी भएका थिए । नेपालका लागि सामसङका देशिय निर्देशक, वोन तथा हिम इलेक्ट्रोनिक्स प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले डिलरहरुलाई सम्बोधन गरेका थिए ।
कम्पनीले क्यू एलईडी टिभीको विभिन्न विषेषता रहेको दावी गरेको छ । क्यु एलईडीले १०० प्रतिशत कलर भोलुम प्राप्त गर्दछ । दिउँसोको समयमा उज्यालो कोठामा टिभी हेर्नु निकै चुनौतीपूर्ण हुने गरेको छ, तर सामसङको क्यूएलईडीले सूपेरियर पिक ब्राइटनेसको माध्यमबाट त्यसलाई कटाएर स्क्रीनको आवश्यक भागमा मात्र चहकिलो बनाउँछ कम्पनीको दाबी छ ।
त्यसैगरी यस टीभीमा हरेक एंगलबाट टिभी हेर्न सकिन्छ । क्यू एभ्री भ्यू, कलर हरेक कुनाबाट उत्तिकै स्पष्ट हुने पनि कम्पनीले जनाएको छ ।
प्रतिक्रिया