वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दशै आयो : २२ भदौदेखि अग्रिम टिकट बुकिङ

अर्थटुडे
२०७४ भाद्र १८, आईतवार

काठमाडौँ  । यातायात व्यवस्था विभागले दशैँ तिहार लक्षित गर्दे भदौ २२ देखि टिकेट बुकिङ खुल्ला गरिने जनाएको छ । यातायात व्यवस्था विभागमा बसेको उपभोक्ताकर्मी, बिभागका कर्मचारी र व्यवसायीबीचको छलफलमा २२ भदाैदेखि बुकिङ खोल्न व्यवसायी सहमत भएका हुन् ।

मध्यम र लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ सेवा सञ्चालन गर्न लागिएको हो ।

विभागमा बसेको बैठकले भदौ २२ देखि दशै र तिहारको लागि टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको प्रवक्ता टोपराज पाण्डे बताए । यात्रुको सहजताको लागि उपत्यकाको १२ स्थानमा हेल्प डेक्स राखिने पनि प्रवक्ता पाण्डेले बताए । यस्तै टिकट भाडा दरमा कुनै पनि घटबढ नभएको पनि बताए ।

सरकारले गत वर्षदेखि यात्रुवाहक सवारीले धेरै तौलका सामान बोक्दा त्यसले दूर्घटना बढाएको भन्दै छत नै हटाउने निर्णय गरेको थियो । तर, उक्त निर्णय व्यवसायीले पालना गरेका छैनन् । वैकल्पिक व्यवस्था नगरी सरकारले छत हटाएको भन्दै व्यवसायीले छत हटाउने निर्णयमा सहमति जनाउन मानेका छैनन् ।

विभागले भने व्यवसायीले उठाएका मागको समाधानका लागि आवश्यक पहल गर्ने जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ