काठमाडौं । सानिमा बैंकले गत आर्थिक बर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । बैंकको गत विहिबार बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
बोनस सेयर साधारणसभाबाट पारित भई राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्र लगानीकर्ताहरुले पाउने छन् । गत आर्थिक बर्षमा बैंकले एक अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
प्रतिक्रिया