काठमाडौं । सरकारले दरवारमार्गका ४ वटा पसलमा सिलबन्दी गरेको छ । नेपालमा चर्चित ब्राण्डको रुपमा रहेको नाइक, बेन्टले, स्टोर वान र पुमाको पसलमा सरकारले सिलबन्दी गरेको हो ।
आपुर्तिमन्त्रालय, व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण बिभागले सयुक्त रुपमा गरेको अनुगमनका क्रममा ति ब्राण्डेड पसलहरुले ९ सय देखि २३ सय प्रतिशतसम्म नाफा खाएर सामाग्री विक्रि गरेको पाइएपछि सिलबन्दी गरिएको हो ।
आपुर्तिमन्त्री शिवकुमार मण्डलका अनुसार ति पसलहरुले सामान विक्रिमा लागि राखिएको सेलको नाममा उपभोक्ता ठगेको देखिएकोले पसलमा सिलबन्दी गरिएको हो । अनुगमनका क्रममा २६ सयमा खरिद गरिएको नाइक ब्रण्डको जुक्तालाई २८ हजार ६ सय सम्ममा विक्रि गरिएको पाइएको मन्त्री मण्डलले जानकारी दिए ।
कारोबारी ऐनमा पसलहरुले २० प्रतिशत भन्दा बढी नाफा खान नपाइने व्यवस्था छ । तर व्यापारीहरुले आफूखुसी मुल्य राखी उपभोक्ता ठगी गरिरहेका छन् । मन्त्री मण्डलले उपभोक्ता ठग्ने व्यापारीलाई कठोर कारवाही गर्ने समेत बताए ।
के बोले मन्त्रीले सुन्नुहोस्
प्रतिक्रिया