वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दशैलाई प्रतिव्यक्ति २७ हजारसम्म नयाँ नोट सटहि : सरकारी बैंकबाट साट्ने व्यवस्था

अर्थटुडे
२०७४ भाद्र २०, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैका लागि भदौ २८ गतेदेखि नयाँ नोट सटही गरिदिने भएको छ । अघिल्ला वर्षहरुमा राष्ट्र बैंकको कार्यालय थापाथलीबाट मात्र सटही सेवा दिदै आएकोमा सरकारी बैंकका शाखाबाट सटहि सेवा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।

सर्वसाधारणले राष्ट्र बैंकबाट प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म र बाणिज्य बैंकबाट २० हजारसम्म सटहि गर्न पाउने व्यवस्था गरिएको छ ।

अघिल्ला वर्षहरुमा राष्ट्र बैंकबाट मात्र साट्न सकिने सुविधा थियो । यसपटक नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका तोकिएको शाखाहरु पनि सटही गर्न सकिने नयाँ नोट सटही गरिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जानकारी दिएको छ ।

नोट साट्नका लागि नेपाल बैंकका काठमाडौं बैकिङ अफिस, न्यूरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, किर्तिपुर र भक्तपुर शाखाबाट सकिनेछ । यसैगरी राष्ट्रिय वाणिज्य बैंंकका सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशालबजार र नक्साल शाखा तोकिएको छ । कृषि विकास बैंकको शाखा कार्यालयहरु गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार रहेका छन् ।

यसैगरी उपत्यका बाहिर राष्ट्र बैंकका शाखा र नोटकोष रहेका बाणिज्य बैंकबाट सटहि सेवा पाउने सकिनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ