वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसेलले ल्यायो सुलभ दरमा नयाँ डेटा अफर, प्याक बराबरकै फोरजी डेटा बोनस

अर्थटुडे
२०७४ भाद्र २०, मंगलवार

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले नयाँ डेटा प्याकहरु ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले कुनै पनि डेटा प्याक सुचारु गर्दा जति भोल्युमको प्याक खरिद गरेको हो त्यति नै भोल्युम बराबरको फोरजी डेटा बोनस र कर सहित न्युनतम २ पैसा प्रति एमबि सम्ममा डेटा सेवा लिन सक्नेछन् ।

नयाँ डेटा प्याक कुनै पनि बेला प्रयोग गर्न मिल्ने ‘अल टाइम’ प्याक र राति ११ बजे देखि बिहान ५ बजे सम्मको समयमा प्रयोग गर्न मिल्ने ‘नाइट टाइम’ प्याकमा उपलब्ध छन् । जसअन्तर्गत ग्राहकले अब १ देखि ३० दिन भ्यालिडिटी भएका ३० एमबि देखि १० हजार एमबि सम्मका डेटा प्याकहरु १० देखि १५ सय रुपैयाँ सम्मको प्याक शुल्कमा खरिद गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

कुनै पनि डेटा प्याक सुचारु गर्ने ग्राहकले आफुले खरिद गरेको प्याक बराबरकै फोरजी डेटा पाउने यो योजनाको प्रमुख विषेशता हो । उदाहरणका लागि रु १०० मा ५०० एमबि अल टाइम डेटा खरिद गर्दा ग्राहकले थप ५०० एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यस योजना अन्र्तगतका प्याकहरु ग्राहकले टुजि, थ्रिजी र फोरजी कुनैपनि नेटवर्कमा प्रयोग गर्न सक्छन् भने बोनस स्वरुप प्राप्त थप फोरजी डेटा फोरजी नेटवर्कमा मात्र मान्य हुनेछ ।

अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले रु १० मा ३० एमबि डेटा प्राप्त गर्नेछन् र यो प्याक सुचारु गर्नुहुने ग्राहकले ३० एमबि फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । यसरी ग्राहकले रु १० मा ६० एमबि डेटाको मजा लिन सक्नेछन् । त्यस्तै अरु अल टाइम डेटा प्याक अन्तर्गत ग्राहकले रु ३० मा १०० एमबि, रु ५० मा २०० एमबि र रु ७० मा २५० एमबि लिन सक्नेछन् र सोहि भोल्युम बराबरको फोरजी डेटाको मजा लिन सक्नेछन् ।

साथै ठूलो भोल्युमको अल टाइम डेटा प्याक अन्तर्गत, ग्राहकले रु १०० मा ५०० एमबि, ३०० मा १२५० एमबि, ५०० मा २५०० एमबि र १५०० मा १०००० एमबि डेटा प्राप्त गर्नेछन् र यसका साथै खरिद गरिएको भोल्युम बराबरकै फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।

नाइट भोल्युम प्याक सुचारु गर्ने ग्राहकले सोहि मूल्यमा अल टाइम डेटा प्याक भन्दा चार गुणा बढी डेटा भोल्युमको मजा लिन सक्नेछन् । यसका साथै नाइट प्याक सुचारु गर्ने ग्राहकले सोही डेटा भोल्युम बाहेक त्यति नै भोल्युमको फोरजी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । जस्तै रु १५०० मा ४०००० एमबि नाइट प्याक सुचारु गर्ने ग्राहकले थप ४० हजार एमबि फोरजी डेटा बोनस प्राप्त गर्नेछन् र न्युनतम २ पैसा प्रति एमबिमा डेटा सेवाको मजा लिन सक्नेछन् ।

यो योजना यहि बुधबार (भदौ २१) देखि ९० दिनको लागि लागु हुनेछ र फोरजी बोनस ३० दिनका लागि मान्य हुनेछ । डेटा प्याकहरुको उल्लेखित सबै शुल्कहरु कर सहितका हुन् । यो सेवाको लागिग्राहकले एस्ट्रिस्क १७१२३ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार आफ्नो आवश्यकता अनुसारको डेटा प्याक सुचारु गर्न सक्नेछन् ।

‘‘इन्टरनेट सेवा अझ सुलभ बनाउदै नयाँ प्याकहरु ल्याउन पाउँदा हामी निकै हर्षित छौ । नजिकिदै गरेको चाडपर्व र देशको विभिन्न शहरमा फोरजी सेवा विस्तार भई सकेको हालको अवस्थामा यो योजनाले ग्राहकलाई थप लाभ पुर्याउने कुरामा हामी विश्वस्त छौ,’’ एनसेलका कपोर्रेट सर्भिसेस् निर्देशक प्रणय आचार्यले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ