काठमाडौं । शंखमुलस्थित श्रीलालीगुराँस उच्चमाविले तीन विधामा उकृष्ट भएको छ । देशभरका ७ सय ४४ उच्च माध्यमिक विद्यालयविच मंगलबार राजधानीमा भएको प्रतिस्पर्धामा तीन विधामा उत्कृष्ट भएको हो ।
सो उमाविले वेष्ट कलेज अफ द इयर, मेनेजमेन्ट अफ द इयर र वेष्ट प्रिन्सिपल अफ द इयर–२०१७ प्राप्त गरेको छ । मिडिया एण्ड इन्टरटेन्मेन्ट प्रा.लिले देशभरका कलेजलाई समेटेर आयोजना गरेको कार्यक्रममा नेशनल पावर न्युज एजुकेशनल अवार्ड–२०१७ प्रदान गरिएको हो ।
कलेजका प्रिन्सिपल भानुभक्त पोखरेललाई उत्कृष्ट प्रिन्सिपल र थप दुई विधाको अवार्ड प्रदान गरिएको हो । २०५६ सालमा स्थापना भएको कलेजले देशको शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदरगर्दै सो अवार्ड प्रदान गरिएको हो । कानुन तथा संसदीयम राज्यमन्त्री दीलबहादर पाख्रिनले अवार्ड प्रदान गरेका थिए ।
प्रतिक्रिया