वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उजुरीको आधारमा व्यापारीलाई थुन्नु गलत भन्दै मन्त्रीलाई व्यवसायीले गराए सचेत

अर्थटुडे
२०७४ भाद्र २२, बिहीबार

काठमाडौँ । उद्योगी व्यवसायीहरुले सरकारलाई व्यापारीलाई थुनेर व्यापार व्यवसाय नचल्ने भन्दै सचेत गराएका छन् । नेपाल चेम्वर अफ कमर्सको एक प्रतिनिधिमण्डलले बिहीबार वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मालाई सिंहदरवारमा भेटी गल्ती गर्ने व्यापारीलाई मात्रै कारबाही गर्नुपर्ने माग राखेका हुन् ।

चेम्वर अध्यक्ष राजेशकाजी श्रेष्ठको अगुवाईमा गएको प्रतिनिधिमण्डलले प्रमाणित नभइकनै उजुरीको आधारमा व्यापारीलाई थुन्ने परिपाटीको अन्त हुनुपर्ने माग राखे । उपभोक्ता संरक्षण सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको विपरित काम गर्ने वा गराउनेलाई १० वर्षसम्म कैद, १० वर्षसम्म जरिवाना वा दुवैको व्यवस्था भएको भन्दै त्यसलाई हटाउनुपर्ने माग उनको रहेको छ ।

भेटघाटमा अध्यक्ष श्रेष्ठले व्यापारघाटा कम गर्न निर्यातलाई वढाउने वातावरण वनाउनुपर्नेमा जोड दिनु भयो । यसका लागि निर्यात योग्य वस्तुहरुको उत्पादन र प्रबद्र्धनमा जोड दिनुपर्ने बताए । भेटघाट कार्यक्रममा मन्त्री विश्वकर्माले कर तिर्ने व्यापारी देशको मेरुदण्ड भएको बताउँदै व्यापारीहरुको सल्लाह अनुसार आफू अगाडि वढ्ने विश्वास दिलाए ।

करदाताहरुको सुरक्षा तथा विकासको पक्षमा आफू रहेको उनले स्पष्ट पार्दै  व्यापारघाटा कम गर्न निर्यातलाई वढाउन आफूले कोसिस थालेको जानकारी दिए । कार्यक्रममा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, दितिय उपाध्यक्ष राजेन्द्र मल्ल, महासचिव कमलेशकुमार अग्रवाल, सचिव देवेन्द्रभक्त श्रेष्ठलगायतका कार्यसमिति सदस्य तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ