काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्स तथा नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) वैकबीत बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले इस्योरेन्सको संस्थागत एजेन्टका रुपमा बिमा सेवा दिनेछ ।
यससमन्धी सम्झौतापत्रमा ईन्स्योरेन्सकामा प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवार क्षेत्री तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले हस्ताक्षर गरे । सम्झौताबाट ईन्स्योरेन्स तथा बैक विचको व्यवसायिक सम्बन्धलाई बलियो वनाउने र विमीतले सहज रुपमा सेवा पाउने जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया