काठमाडौं । चालु आर्थिक बर्षमा १४ बटा जलविद्युत कम्पनीको पाँच अर्ब सात करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) र थप साधारण सेयर निष्कासन (एफपीओ) बजारमा आउदै छ । नेपाल धितोपत्र बोर्डका अनुसार बुटवल पावर कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा एफपिओ निष्कासन गर्न लागेको छ । सो कम्पनीले प्रतिकित्ता ५१८ रुपैयाँ प्रिमियम मूल्य प्रस्ताव गरेको छ । धितोपत्र बोर्डले स्वीकृति दिन बाँकी रहेको सो कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासन गर्न लागेको छ ।
त्यस्तै पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावितलाई ११ करोड रुपैयाँको ११ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ । राधी विद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई सात करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको सात लाख ६४ हजार कित्ता साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ ।
आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले स्थानीयवासीलाई आठ करोड रुपैयाँको आठ लाख कित्ता सेयर निष्कासन गर्न लागेको जनाएको छ । यस्तै गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले स्थानीयवासीलाई दुई करोड रुपैयाँको दुई लाख कित्ता साधारण सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएको छ ।
जोशी हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीयवासीलाई तीन करोड ७१ लाख ४० हजार रुपैयाँको तीन लाख ७१ हजार ४०० कित्ता र शुभम् पावर लिमिटेडले स्थानीयवासीलाई दुई करोड रुपैयाँको दुई लाख तथा लुघिम बुद्धपावर नेपाल लिमिटेडले स्थानीयवासीलाई नौ करोड ७८ लाख रुपैयाँको नौ लाख ७८ हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको छ ।
बोर्डका अनुसार युनिक हाइडेल कम्पनी लिमिटेडले पाँच करोड ५५ लाख रुपैयाँकोे ५५ लाख कित्ता, सिइडिबी हाइड्रो फण्डले २२ करोड ८९ लाख ३० हजार रुपैयाँको २२ लाख ९८ हजार कित्ता, कालिका पावर लिमिटेडले स्थानीयवासीलाई छ करोड रुपैयाँको छ लाख कित्ता र युनियन हाइड्रोपावर लिमिटेडले छ करोड ३३ लाख ७४ हजार रुपैयाँको छ लाख ३३ हजार कित्ता साधारण शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ ।
प्रतिक्रिया