वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीको साधारणसभाको माइन्यूट संचालक समितिका पदाधिकारीभन्दा एक जना बढीले प्रमाणीत गर्नुपर्ने

अर्थटुडे
२०७४ भाद्र २३, शुक्रबार

काठमाडौं । सहकारी संस्थाको साधारणभाको निर्णय संस्थाको संचालक समिति सदस्यको संख्याभन्दा कम्तीमा एक जना बढीले प्रमाणीत गर्नुपर्ने भएको छ । फर्जी साधारणसभा गर्ने गरेको गुनासो बढेपछि सहकारी विभागले यस्तो व्यवस्था गरेको हो ।

विभागले सबै डिभिजन कार्यालयहरुलाई परिपत्र जारी गर्दै सहकारी संस्थाको विनियममा उल्लेख संचालक समितिको संख्याभन्दा एक जना बढी सदस्यहरुले साधारणसभाको माइन्यूट प्रमाणीत गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो । यसअघि २ जनाले मात्र प्रमाणीत गर्ने व्यवस्था थियो ।

साधारणसभा सहकारीको सर्वोच्च स्थान हो । सभाले नै संस्थाको पदाधिकारी चयनदेखि संस्था सञ्चालनका लागि आवश्यक योजना र नीति बनाउने गर्छ । संस्थाको विनियम संशोधन, ब्याजदर निर्धारण, बचत तथा ऋण नीति तय, वार्षिक नीति तथा कार्यक्रम, वासलात साधारणसभाले पास गर्नुपर्छ । त्यस्तै कार्यकारी प्रमुखको पारिश्रमिक निर्धारण पनि साधारणसभाबाटै गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सहकारी मापदण्ड–२०६८ ले प्रारम्भिक प्रारम्भिक सहकारी संस्थाहरूले असोजभित्र, जिल्ला सहकारी संघहरूले कात्तिक, केन्द्रीय सहकारीले मंसिर महिनामा र राष्ट्रिय सहकारी संघले पुसभित्र साधारणसभा गर्नुपर्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ