काठमाडौं । युथस् स्क्वायर नामक फेसबुक ग्रुपले काठमाडौंको मांकालबारीमा अवस्थित अपाङग पुनस्र्थापना केन्द्रलाई करिव ४० हजार रुपैयाँ बराबरको सहयोग गरेको छ । सो ग्रुपले अपाङगता भएकाहरुलाई ह्वील चेयर, खेलकुदका सामग्री साथै खाद्यन्न सामग्री पनि सहयोग गरेको हो ।
ग्रुपका सदस्य श्रीराम हुमागाईका अनुसार आगामी दिनमा पनि विभिन्न संस्थाहरुले फेसबुक ग्रुपले सहयोग गर्नेछ । यसअघि सो ग्रुपले तराइका बाढीपिडितका लागि पानी सुद्धिकरणका सामाग्रीहरु र विभिन्न रोगका औषधीहरुको पनि वितरण गरेको थियो ।
प्रतिक्रिया