काठमाडौं। सिटिजन्स् बैंक इन्टरनेशनलले नेपाल राष्ट्र बैंकको नीतिअनुसार नायव प्रमूख कार्यकारी अधिकृत, र सहायक कार्यकारी अधिकृत पद सिर्जना गरेको छ ।
केही दिन अघिमात्र नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई महाप्रबन्धक, नायव प्रबन्धकजस्ता पदहरु राख्न नपाउने नीति सार्वजनिक गरेको थियो ।
बैंकले सृजना गरेको पद नायव प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल, सहायक प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोट र रामधन श्रेष्ठलाई समेत नियुक्त गरेको छ।
त्यसैगरी प्रमुख वित्त अधिकृतमा समिरप्रसाद दहाल, प्रमुख जोखिम तथा असुली अधिकृतमा राजेन्द्रलाल श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृतमा पारसकुमार काफ्ले, प्रमुख प्रशासकीय अधिकृतमा उमंग शर्मा, प्रमुख कर्जा अधिकृतमा सुमितबाबु खत्रि तथा प्रमुख सूचना तथा प्रविधि अधिकृतमा सजिवकुमार श्रेष्ठलाई पदस्थापना गरिएको हो ।
यस अघि उनीहरु सोही हैसियतमा बैंकमा थिए ।
सिटिजन्सले सिर्जना गर्यो नयाँ पद तर व्यक्ति उही
२०७१ श्रावण १, बिहीबार
प्रतिक्रिया