वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एडीबीले दियो १४ अर्ब ४६ करोड सहुलियत ऋण, विद्युत प्रसारण तथा क्षमता अभिबृद्धिमा खर्च गर्नुपर्ने

अर्थटुडे
२०७४ भाद्र २५, आईतवार

काठमाडौं । एशियाली विकास बैंक (एडिबी) ले सरकारलाई विद्युत् प्रसारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि १५ अर्ब ४६ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।

सो रकममध्ये करिब २१ लाख अनुदान र बाँकी ऋण दिने बैंकले जनाएको छ । सहायतासम्बन्धी सम्झौतापत्रमा आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थसचिव शान्तराज सुवेदी र बैंकका निमित्त प्रमुख शरद भण्डारीले हस्ताक्षर गरे ।

यसै गरी परियोजना कार्यान्वयनसम्बन्धी समझदारीपत्रमा नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र निमित्त प्रमुख भण्डारीले हस्ताक्षर गरे ।

परियोजनाअन्तर्गत काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणालीमा सुधार, प्रसारण लाइन निर्माण, बाह्रबिसे, लप्सीफेदी, खिम्ती र चापागाउँ क्षेत्रका ‘सब स्टेसन’को स्तरोन्नति गर्नाका साथै प्रसारण प्रणाली सुदृढ गरिनेछ ।

त्यसैगरी दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहयोगअन्तर्गत व्यापार सहजीकरणका निम्ति भन्सार सुधार तथा आधुनिकीकरण कार्यक्रम कार्यान्वयन गर्न बैंकले दुई अर्ब १३ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ ।

ऋण सहायतासम्बन्धी सम्झौता पत्रमा अर्थ मन्त्रालयको अन्तर्रा्ष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्याल र निमित्त प्रमुख भण्डारीले हस्ताक्षर गरे। उक्त रकम आगामी पाँच वर्षभत्रमा उपयोग गरिसक्ने अर्थ मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ