काठमाडौँ । आइतबार झण्डै ३५अंकले ओरालो लागेको सेयर बजार सोमबार भने केही सुधारीएको छ । खुलेपछि करिव ९ अंकसम्म घटेको थियो पछि उकालो लागेको बजार पुन ओरालो लाग्दै थोरै अंकले मात्र बढेर बन्द भयो । यसदिन कारोबार रकममा भने गिरावट आएको छ ।
सोमबार सेयर बजार ३.६० अंकले बढेर १५२३.२६ अंकमा अडिएको छ । यसदिन१६० कम्पनीका १७ लाख १७ हजार कित्ता सेयर ८४ करोड १३ लाख रुपैयाँमा खरिद बिक्री भयो ।
सबैभन्दा बढी नबिल बैंकको सेयर कारोबार भयो । नविलको १० करोड २८ लाख रुपैयाँको कारोबार भएको छ । यसदिन बैंक १.३९, फाइनान्स ०.६४ र अन्य १.१६ अंकले घटेको छ भने होटल ३५.५६, विकास बैंक ११.०८, जलबिद्युत ६.३८, बीमा ८१.२५ र उत्पादनमूलक ३०.६९ अंकले बढेको छ ।
यसदिन कमाउनेमा एक्सल डेलभपमेन्ट बैंक, सूर्योदय लघुवित्त, अरुण फाइनान्स तथा हाम्रो विकास बैंक लगायतका कम्पनी रहेको छ । छ्याङ्दी हाइड्रो, जनरल फाइनान्स, वोमी माइक्रोफाइनान्स लगायतको सेयरमूल्य घटेको छ ।
प्रतिक्रिया