वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एटीएम कार्डबाट रकम चोरी गर्ने बुल्गेरियन नागरिक ठमेलबाट पक्राउ

अर्थटुडे
२०७४ भाद्र २६, सोमबार

काठमाडौं । एटीएमबाट अनाधिकृत रुपमा रकम चेरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एकजना बुल्गेरियन नागरिकलाई पक्राउ गरेको छ । आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले २३ वर्षका बुल्गेरियन नागरिक मित्को स्तोयानोभ मिथ्युभ (राहदानी नम्बर ३८४०३८०७८) लाई ठमेलबाट पक्राउ गरेको हो ।

विशेषगरी पुर्वी युरोपेली मुलुक टर्की, बुल्गेरिया, रोमानिया तथा मोल्दोभाका नागरिकहरु अत्याधुनिक कार्ड स्कीमिङ डिभाइस, काउन्टर फिट एटिएम कार्ड लगायतका उपकरणहरु साथमा लिई पर्यटक भिषामा नेपालमा आइ ठमेलमा बसी दरबारमार्गका विभिन्न क्षेत्रका एटीएम बुथबाट रकम लिने गिरोहहरु सक्रिय रहेको सुचनाको आधारमा अनुसन्धान गर्दा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीसँग अबैध एटीएम कार्ड १२८ थान, नेपाली नगद चार लाख ४० हजार, अमेरिकी डलर २० तथा मोबाइल फोन १ थान, ल्यापटप १ थान र कार्डस्कीमर १ थान सहित पक्राउ गरिएको सिआइबीले जानकारी दिएको छ ।
पक्राउ परेका प्रतिवादीलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भैरहेको ब्यूरोले जनाएको छ ।

हालसम्म ब्यूरोले एटीएम ह्याकरहरु विरुद्ध गरेको खोजमा ४ रोमानियन, ४ टर्कीस, ३ बुल्गेरियन र ४ मोल्दोभियन गरी १५ जना जना पूर्वी युरोपेली नागरिकहरु पक्राउ गरिसकेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ