वि.सं. २०८२ बैशाख १३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मकवानपुरको मनहरीमा सिटिजन्सको शाखा

अर्थटुडे
२०७४ भाद्र २८, बुधबार

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो ६२ औं शाखा मकवानपुरको मनहरीमा खोलेको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बैंकिङ्ग कारोवारको उद्घाटन गरे ।

शाखा उद्घाटनको अवसरमा बैंकले दुई स्थानिय विद्यालयहरुलाई १–१ थान कम्प्यूटर वितरण गर्नुका साथै मनहरी बजारमा आयोजना हुन लागेको दुर्गा उत्सवका लागि १० हजार आर्थिक सहयोग समेत गरिएको बैंकले जनाएको छ ।

बैंकले हाल ६२ शाखा, ५९ वटा एटिएम काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्गमार्फत करिव ३ लाख ५० हजार ग्राहकहरूलाई सेवाप्रदान गर्दै आएको छ । बैंकले छिट्टै हुम्लाको सर्केगाड, दांगको बंगलाचुली, झापाको हाल्डीबारी, महोत्तरीको औरही तथा बर्दियाको बडैयातालमा शाखा विस्तार गर्ने जनाएको छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ