काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले २५ प्रतिशत साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । विहिबार बसेको कम्पनीको बार्षिक साधारणसभाले सर्वसाधारणलाई २५ प्रतिशत आइपीओ जारी गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको छ । साधारणसभाले आईपिओ जारी गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले १० प्रतिशत आयोजना प्रभावित दोलखाबासी र १५ प्रतिशत सर्वसाधारणलाई सेयर निष्कासन गर्ने जनाएको छ । युनिभर्सलले दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको छ । आयोजना बनाउन २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीमा ८८ प्रतिशत स्वामित्व सीईडीबी हाइड्रो फण्ड लिमिटेडको छ ।
त्यस्तै कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयरको रुपमा उठाएको ९९ करोड रुपैयाँ बराबरको सेयर सधारणमा परिणत गर्ने भएको छ । आयोजनाको काम सुरु गर्न कम्पनीले सर्वसाधारणबाट अग्राधिकार सेयर उठाएको थियो । ०७६ आषढसम्म अग्राधिकार सेयरलाई साधारणमा परिणत गरिसक्ने कम्पनीले जनाएको छ ।
आयोजना संचालक समुह सिईडिबी हाइड्रोले लमजुङ जिल्लामा ४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना तोकिएको समय अगावै सम्पन्न गरेको थियो भने ११ मेघावाटको तल्लो खारे खोलाको निर्माण कार्य तिब्र गतिमा भइरहेको छ । कम्पनीले रुकुममा ४.३ मेघावाटको अर्को आयोजना रुकुम गाड जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति प्राप्त गरेको छ ।
प्रतिक्रिया