वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल हाइड्रो डेभलपरको आइपीओ गोलाप्रथाबाट बाँडफाँड

अर्थटुडे
२०७४ भाद्र ३०, शुक्रबार

काठमाडौं । नेपाल हाइड्रो डेभलपरको साधारण सेयर (आइपीओ) शुक्रबार बाँडफाँड भएको छ । गोलाप्रथाद्धारा बाँडफाँड गरिएको आईपीओमा कुल ३६ हजार २७० जना आवेदकले १० कित्ता सेयर प्राप्त गरेका छन् । कम्पनीले यही साउन २७ गतेदेखि साउन ३२ गतेसम्म सय रुपैयाँ अंकित मूल्यमा ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता प्राथमिक सेयर निष्काशन गरेको थियो ।

एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको यस कम्पनीको आईपीओमा एक लाख ७१ हजार ५९२ जनाको आवेदन स्वीकृत भएको थियो । जसमध्ये ६ हजार २७० जना आवेदकले १० कित्ता सेयर प्राप्त गरे ।

६ दशमलव ८ मेगावाटको तल्लो चर्नावती जलविद्युत् आयोजनाको निर्माण गर्न लागेको कम्पनीले यसअघि ३ दशमलव ५२ मेगावाटको चर्नावती जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । यस कम्पनीलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।

यसले कम्पनीको आधारभूत पक्ष औसत रहेको देखिन्छ । यसअघि सञ्चालनमा रहेको पहिलो आयोजनाको आधारमा यस्तो रेटिङ प्रदान गरिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ