काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यलकामा अहिलेसम्मकै जम्बो मन्त्री बन्ने सौभाग्य पाएका छन् । प्रधानमन्त्री देउवा निकट र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नजिकै रहेका चाकडीबाजहरुले प्रधानमन्त्री देउवाको कार्यकालमा यस्तो अवसर पाएका हुन् ।
प्रम देउवाले मन्त्री बनाएको जम्बो टोलीमा उच्च शिक्षा हासिल गर्ने मन्त्रीहरु भने जम्मा १८ जना रहेका छन् । यसले के देखाउँछ भने जम्बो मन्त्री मण्डलमा करिव ३४ प्रतिशत मन्त्रीहरु मात्र उच्च शिक्षा हासिल गरेका छन् ।
जम्बो मन्त्रीपरिषदमा उच्च शिक्षा हासिल गरेका १८ मन्त्रीहरु
उप–प्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शिक्षाशास्त्रमा स्नातक गरेका छन् । त्यस्तै उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले इतिहास विषयमा र उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातक गरेका छन् ।
अन्य मन्त्रीहरुमा गृहमन्त्री जनार्दन शर्माले शिक्षा संकायमा, विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहराले राजनीतिशास्त्रमा,सहरी विकासमन्त्री प्रभु साह कानुनमा र कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री यज्ञबहादुर थापाले राजनीतिशास्त्रमा स्नातक गरेका छन् ।
त्यस्तैगरी सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले अर्थशास्त्रमा, सिँचाइमन्त्री सञ्जयकुमार गौतमले राजनीतिशास्त्र र अर्थशास्त्रमा र सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले व्यवस्थापन र भेटेरेनरी जेटिए दुवैमा स्नातक गरेका छन् ।
महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले शिक्षाशास्त्रमा र वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डेले मानविकीमा स्नातक गरेका छन् । भने कृषि विकास राज्यमन्त्री सरिता प्रसाईंले पनि अर्थशास्त्र र इतिहासमा स्नातक गरेकी छिन् ।
त्यसैगरी खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकगद्दीले मानविकीमा, श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीले मानविकीमा, भूसंरक्षण तथा व्यवस्थापन राज्यमन्त्री यशोदाकुमारी लामा राजनीतिशास्त्रमा ,ऊर्जा राज्यमन्त्री शम्भुलाल श्रेष्ठ व्यवस्थापन विषयमा र उद्योग राज्यमन्त्री रेसम लामाले व्यवस्थापन विषयमा स्नातक गरेका छन् ।
प्रतिक्रिया