काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसुचक (नेप्से) १७.६३ अंकले उकालो लागेको छ । अघिल्लो सातामा नेप्से ओरालो लागेपनि अन्तिम दिन विहिबार भने बजार ३५ अंकले उकालो लागेको थियो । यसदिन बजारमा दवदवा बनाएको बैकिङ समूह २५.१३ अंकले उकालो लाग्दा समग्र नेप्से परिसुचक पनि उकालो लागेको हो ।
विहिबार विकास बैंक ८.८८अंक, ट्रेडिङ १८.८३ अंक, जलविद्युत ४.४१ अंक, बिमा ४३.१४ अंक र उत्त्पादनमूलक १८.१४ अंकले उकालो लागेको छ । यसदिन अन्य ,फाइनान्स र होटल क्रमशः ०.५८, १.८४ र १४.७२ अंकले ओरालो लागेको छ ।
यसदिन सबैभन्दा बढी कारोबार गर्ने कम्पनीहरुमा नेपाल लाइफ इन्सुरेन्सको प्रमोटर सेयर,नेपाल लाइफ इन्सुरेन्स, कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, एसियन लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरु रहेका छन् ।
त्यस्तै यसदिन विशाल बजार कम्पनी र प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताहरुले १० प्रतिशतको हाराहारीमा कमाएका छन् भने मिथिला लघुवित्त विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयर र अरुण फाइनान्सका लगानीकर्ताहरुले धेरै गुमाएका छन् । यसदिन १५९ कम्पनीको ७७ करोड बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया