वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सपोर्ट माइक्रोफाइनान्सको पौने २ लाख कित्ता आइपिओ आउदै

अर्थटुडे
२०७४ आश्विन २, सोमबार

काठमाडौं । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले एक करोड ७१ लाख रुपैयाँ बराबरको एक लाख ७१ हजार कित्ता साधारण सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई छुट्याएको सेयरका लागि असोज १८ आवेदन खुल्ला भई असोज २३ गतेसम्म हुनेछ ।

आइपिओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

नेपाल धितोपत्र बोर्डले आश्वा प्रणालीबाट मात्र सेयर भर्न पाइने र यसका लागि डिम्याट खाता पनि अनिवार्य गरेको छ ।
सर्वसाधारणका लागि छुट्याइएको एक लाख ८० हजार कित्ता आइपिओमध्ये कम्पनीले ५ प्रतिशतका दरले नौ हजार कित्ता म्यूचुअल फण्डलाई विक्री गरिसकेको छ ।

सपोर्ट माइक्रोफाइनान्सको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

हाल माइक्रोफाइनान्सको चुक्तापुँजी चार करोड २० लाख रुपैयाँ छ ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ