वि.सं. २०८२ बैशाख १३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का पदच्युत

अर्थटुडे
२०७४ आश्विन २, सोमबार

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशकलाई पदच्युत गरिएको छ । मन्त्रीपरिषद्को सोमबार बसेको बैठले खड्कालाई पदच्युत गर्ने निर्णय गरेको हो । गम्भिर भष्ट्राचारमा मुछिएका खड्का सडक विभाग अन्तर्गत रहँदा पनि भष्ट्राचारमा मुछिएका थिए ।

संचारमन्त्री मोहन बस्नेतले मन्त्रीपरिषद् बैठकले खड्कालाई पदच्युत गरेको हो । तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाका पालामा खड्का कार्यकारी निर्देशक नियुक्त भएका थिए । तात्कालिन बाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले खड्कालाई निगममा ल्याएका थिए ।

संविधान जारी भएपछि भारतले लगाएको अघोषित नाकाबन्दीका समयमा पनि उनले तेल वितरणमा अनियमितता नै गरिरहेको तथ्य समेत बाहिर आएको छ । । पछिल्लो समयमा उनले तेल भण्डारणको नाममा जग्गा खरीद गर्दा सबैभन्दा ठूलो घोटाला गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ