वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालले आणविक अस्त्र निषेध र राष्ट्र संघ सुधार सम्बन्धी राष्ट्रसंघीय संम्झौतामा हस्ताक्षर गर्ने

अर्थटुडे
२०७४ आश्विन २, सोमबार

काठमाडौं । नेपालले दुईवटा राष्ट्रसंघीय संम्झौतामा हस्ताक्षर गर्ने भएको छ । आणविक अस्त्र निषेध सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्झौता पत्रमा र राष्ट्र संघ सुधार सम्बन्धी राजनीतिक घोषणापत्रमा हस्ताक्षर गर्ने समेत निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुईवटा सम्झौतापत्रमा हस्ताक्षर गर्ने औपचारिक निर्णय गरेको हो ।

दुईवटा सम्झौतामध्ये संयुक्त राष्ट्रसंघ सुधार सम्बन्धी राजनीतिक घोषणामा हस्ताक्षर गर्न संयुक्त राष्ट्र संघका नेपालस्थित प्रतिनिधि दूर्गाप्रसाद भट्टराईलाई अधिकार प्रत्यायोजन गर्ने सरकारले निर्णय गरेको छ । त्यसैगरी आणविक अस्त्र निशेषसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई अधिकार प्रत्यायोजन गर्ने निर्णय सरकारले गरेको छ ।

उपप्रधानमन्त्री महरा संयुक्त राष्ट्र संघको ७२ औं महासभामा भाग लिन आइतबार अमेरिका प्रस्थान गरिसकेका छन् । महासभामा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवाको टोली मंगलबार न्युयोर्क प्रस्थान गर्दैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ