काठमाडौं । रौतहट जिल्लाको मौलापुर नगरपालिकमा माओवादी केन्द्र र संघीय समाजवादी फेरमका कार्यकर्ताहरुबीच झडप हुँदा ६ जना घाईते भएका छन् । नगरपालिकाको श्री प्राथमिक विद्यालय गमरीया पथरामा मतदान गर्न आएकाहरुलाई मतदान गर्न सिकाउने विषयमा दुई पार्टीका नेता तथा कार्यकर्ताहरुबीच झडप भएको रौतहटबाट पत्रकार सञ्जय कार्कीले जानकारी दिए ।
घाईतेहरुको अवस्था सामान्य रहेकोले प्राथमिक उपचार गरेर उनीहरुलाई घर पठाईएको छ । झडपपछि आधा घण्टाको लागि निर्वाचन स्थिगित गरिएको थियो । यस बाहेक जिल्लाको अन्य स्थानमा भने शान्तिपूर्ण रुपमा मतदान भईरहको छ ।
प्रतिक्रिया