काठमाडौँ । बुटवल पावर कम्पनीको फर्दर पब्लिक अफरिङ (एफपिओ) निष्कासनमा ढिलाई हुने भएको छ । कम्पनीले ४० लाख ८१ हजार कित्ता एफपिओ निष्कासनको लागि गत चैतमा नै धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।
तर निवेदन दिएको ६ महिनापछि मात्र बोर्डले विवरणा पत्रमा सुधार गरेर ल्याउन निर्देशन दिएपछि ढिलाइ हुने भएको हो । विवरणपत्रमा सुधार गरेर ल्याउपछि भने बोर्डले निष्कासनको लागि स्वीकृति दिने छ ।
त्यस्तै बोर्डका अनुसार शिखर इन्स्योरेन्स कम्पनीको एफपीओ निष्कासन प्रक्रिया स्थगित भएको छ । शिखर इन्स्योरेन्सले दोहोर्याएर फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गर्न नेपाल धितोपत्र बोर्ड समक्ष अनुमति माग गरेको थियो ।
पछिल्लो समय बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका–२०७४ लागू गरेको छ । यसै निर्देशिकामा भएको ब्यबस्था अनुसार संगठित संस्थाले एफ्पीअपो जारी गरेको मितिले पाँच वर्ष पूरा नभएसम्म पूनः एफ्पीओ जारी गर्न नसक्ने व्यस्था रहेको छ । सोही ब्यबस्थाका कारण शिखरको एफपिओ निष्कासन स्थगित भएको हो ।
प्रतिक्रिया