काठमाडौं । नेपाल ग्रामीण विकास बैंकले जारी गरेको एफपिओमा दुई लाख ५४ हजार ८५२ जनाको आवेदन परेको छ । यो संख्या माग सख्या भन्दा करिव तीन गुणाले बढी हो । बैंकको एफपिओ १० कित्ताको दरमा बाँडफाँड गर्ने हो भने जम्मा ९७ हजार ५ सय जनाले मात्र प्राप्त गर्न सक्छन् । अर्थात यसरी बाड्दा ३८.२५ प्रतिशत आवेदकले मात्र १० कित्ताको दरले सेयर पाउने भएका छन् ।
बैंकले नौ करोड ७५ लाख रुपैयाँ आह्वान गरेकोमा चार दिनको अवधिमा आवेदकबाट दुई अर्ब ७४ करोड रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । बैंकले भदौ २७ देखि ३० गतेसम्म चार दिनकालागि बिक्री आवेदन खुला गरेकोमा दुई लाख ५४ हजार ८५२ जनाको आवदेन परेको थियो ।
चार दिनको अवधिमा पहिलो दिन २५ हजार ७३७ जनाको आवेदनमा ३० करोड २५ लाख रुपैयाँको आवेदन परेको थियो। त्यस्तै दोस्रो दिन ४९ हजार ७६४ जनाले ५२ करोड ५ लाख रुपैयाँको आवेदन दिएका थिए भने तेस्रो दिन ७० हजार ५३३ जनाले ७६ करोड ३८ लाख रुपैयाँको आवेदन दिएका थिए । अन्तिम दिन एक लाख ८ हजारले एक अर्ब १५ करोड रुपैयाँको आवेदन दिएका थिए।
प्रतिक्रिया