वि.सं. २०८१ आश्विन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकका अध्यक्ष, सिइओ र संचालक दुई कार्यकालभन्दा बढी बस्न नपाउने

अर्थटुडे
२०७१ श्रावण २, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत (सिइओ) र संचालक दुई कार्यकालभन्दा बढी बस्न नपाउने भएका छन् । एउटै व्यक्ति लामो समयसम्म पदमा बस्दा त्यस्ता संस्थाको सुशासन कमजोर भएकाले यस्तो व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

nepal rastra bank
शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर डा युवराज खतिवडाले निक्षेपकर्तालाई सुरक्षित गर्न संचालक र प्रमुख कार्यकारी २ कार्यकाल भन्दा बढी बस्न नपाइने व्यवस्था गरिएको बताए । ‘लामो समय एउटै व्यक्ति प्रमुख कार्यकारी अधिकृत र एउटै व्यक्ति सञ्चालक भएका संस्थाहरूमा संस्थागत सुशासनको अवस्था कमजोर देखिएकाले अबदेखि दुर्इ कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्था गरिएको हो ’ उनले भने ।
मौद्रिक नीतिमा यी पदहरुमा २ पटक भन्दा बढी निर्वाचित, मनोनीत वा नियुक्ती हुन नपाउने कम्पनीको विनियममा व्यवस्था गरी चालु आर्थिक वर्षभित्र केन्द्रीय बैंकलाई जानकारी गराउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ