काठमाडौं । ‘मिनी इलाम‘को नामले समेत चिनीन थालेको सिन्धुपाल्चोक जिल्लाको भोटेचौरमा रहेको चिया बगान पछिल्लो समय राजधानीका सर्वसाधारणका लागि आकर्षणको गन्तव्य बनेको थियो । तर, यतिबेला चिया बगानमा सर्वसाधारणले घुम्न नपाउने व्यवस्था गरिएको छ भने बगान वरीपरी रहेका होटल रेष्टुरेन्ट पनि हटाइएको छ ।
२०५२ एभरेष्ट चिया उद्योगले सुरु गरेको बगानले हाल करीब १२ सय रोपनी क्षेत्रफल ओगटेको छ । चिसो र हरियाली भुभाग र राजधानीको नजिक भएकाले पनि यो आकर्षक गन्तव्य बनेको थियो । हाइकिङ र डाइभिङका लागि समेत पर्यटकको रोजाइमा पर्र्थो ।
तर, एक वर्षदेखि कम्पनीले बगानमा घुम्न प्रतिबन्ध लगाएको छ । अग्यानीक चिया उत्पादनका लागि बगानमा घुमफिर बन्द गरिएको कम्पनीको सूचनामा उल्लेख छ ।
बगानमा घुम्न नपाइने र त्यस क्षेत्रका होटल पनि बन्द भएपनि पर्यटकिय गतिविधि सुन्य भएको छ । यद्यपि त्यहाका व्यवसायी र जग्गा भाडामा दिएका किसानले भने कम्पनीको विरोध गर्दै आएका छन् ।
तर, लामो समयदेखि अलपत्र परेको बगानलाई कम्पनीले संरक्षण गर्न थालेपछि निकै आकर्षक देखिएको छ ।
प्रतिक्रिया