वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

हिमालयन हाइड्रो एक्स्पो हुने

अर्थटुडे
२०७४ आश्विन ४, बुधबार

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसको आयोजनामा हिमालयन हाइड्रो एक्स्पो–२०१८ आयोजना हुने भएको छ ।

पुस २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सञ्चालन हुने एक्स्पोमा तीन सयभन्दा बढी स्टल रहनेछन् । जलविद्युतप्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित स्टल राखिने र १सय ५० भन्दा बढी विदेशी स्टल रहने आयोजकले जनाएको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा इपानका अध्यक्ष शैलेन्द्र गुरागाँइले एक्सपोमा टनेल खन्ने उपकरण सहित पछिल्ला टेक्नोलोजीको बारेमा जानकारी दिइने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ