काठमाडौं । आर्थिक वर्ष २०७०/७१ को ११ महिनामा नै देशको व्यापार घाटा चालु आर्थिक वर्षको बजेट सरह पुगेको छ । गत आर्थिक वर्षको ११ महिनाको व्यापार घाटा ५ खर्व ६३ अर्व ९७ करोड पुगेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा २८.६ प्रतिशतले बृद्धि हो । गत वर्ष सोही अवधिमा देशको व्यापारघाटा २४.५ प्रतिशतले मात्र बृद्धि भएको थियो । सरकारले केही दिन अघि मात्र अर्थमन्त्री डा.रामशरण महतले संसदमा प्रस्तुत गरेको बजेट ६ खर्व १८ अर्व १० करोड रहेको छ ।
कुल बस्तु व्यापारघाटामध्ये भारतसँगको व्यापारघाटा मात्र ३०.३ प्रतिशले बढेको नेपाल राष्ट्र बैंकले जारी गरेको ११ महिनाको आर्थिक अवस्थामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भारतसँगको यस्तो घाटा २७.४ प्रतिशतले बढेको थियो । अघिल्लो वर्षको ११ महिनाको अवधिमा १९.२ प्रतिशतले बढेको अन्य मुलुकसँगको व्यापारघाटा समीक्षा अवधिमा २५.१ प्रतिशतले बढेको छ ।
निर्यात भन्दा आयातमा बृद्धि १० औ गुणाले बृद्धि हुदा व्यापारघाटा बढेको हो । यसबाट नेपाल अयातमुखी अर्थात पर निर्भर बन्दै गएको प्रष्ट देखिएको छ ।
गत आर्थिक वर्षको ११ महिनामा कुल बस्तु आयात २७ प्रतिशतले बढेर ६ खर्व ४५ अर्व ७० करोड पुगेको छ भने निर्यात १६.९ प्रतिशतले बृद्धि भई ८१ अर्व ७३ करोड मात्र रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा ५ खर्व ८ अर्व ६० करोडको आयात भएकोमा ६९ अर्व ९३ करोड निर्यात भएको राष्ट्र बैंकले जनाएको छ ।
विषेषगरी भारत र अन्य मुलुक दुवैतर्फको आयात उच्चदरले बढेको कुल बस्तु आयातको बृद्धिद्धर अघिल्लो वर्षको सोही अवधिको तुलनामा उच्च रहन गएको छ । मासिक रुपमा हेर्दा जेठ महिनामा कुल बस्तु आयात बैशाख महिनाको तुलनामा १०.३ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको ११ महिनमामा कुल आयात मध्ये भारतबाट भएको आयात २७.६ प्रतिशतको उच्च दरले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३.३ प्रतिशतले मात्र बढेको थियो ।
त्यसैगरी अन्य मूलुकबाट भएको आयात २३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा १७.३ प्रतिशतले मात्र बढेको थियो ।
अन्य मूलुकसँगको आयात २ अर्व १८ करोड अमेरिकी डलर पुगेको छ । भारतबाट मुख्यतयाँ पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टस्, हट रोल्ड सिट इन क्वायल र धागो लगायतको आयात बढेको हो । अन्य मुलुकबाट सुपारी कच्चा सोयाविनतेल,चाँदी पोलिथिन ग्रानयुयल्स लगायतको आयात बढेको कारण त्यस तर्फको आयात बढेको हो ।
त्यसैगरी कुल बस्तु निर्यात मध्ये भारतर्फको निर्यात १७.५ प्रतिशतले बढेको छ अघिल्लो वर्ष सोही अवधिमा २.६ प्रतिशतले मात्र बढेको थियो । अन्य मुलुकतर्फ भने गत आर्थिक वर्षको ११ महिनामा १५.७ प्रतिशतले बढको छ अघिल्ले वर्षको सोही अवधिमा ७ प्रतिशतले मात्र बढेको थियो । अन्य मुलुकतर्फ २.८ प्रतिशतले निर्यात बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा अन्य मुलुकसँग निर्यात २.३ प्रतिशतले ह्रास आएको थियो । देशको अन्य मुलुक सँग कुल निर्यात २७ करोड ६५ लाख अमेरिकी डलर पुगेको छ ।
प्रतिक्रिया