काठमाडौं । सिद्धार्थ बैंकले इलाम बजार र फिक्कलमा बजारमा शाखा कार्यालय खोलेको छ । इलाम शाखाको उद्घाटन डेनिस राजदूतावासका प्रमुख इनग्रीड ड्हाल मेडसन तथा बैंकका अध्यक्ष मनोज कुमार केडियाले संयुक्त रुपमा र फिक्कल शाखाकोे उद्घाटन बैंकका अध्यक्षले गरे ।
उन्नती ए टु एफ कार्यक्रम अन्र्तगत युएमसिडिएफसँगको सहकार्यमा स्थापना भएका शाखाबाट सम्पुर्ण बैंकिङ सेवाका उपलब्ध हुने बैंकले जानकारी गराएको छ । यी शाखाहरु मार्फत् बिपन्न वर्गको उत्थानका लागि लघु बैंकिङ सेवा र शाखारहित बैंकिङ सेवालाई प्राथमिकता दिने बैंकको लक्ष्य छ ।
बैंकले हाल ७७ शाखा, ३ एक्स्टेन्सन काउन्टर ९९ एटीएम, ७० शाखारहित बैंकिङ र ५०० भन्दा बढी पिओएसमार्फत सेवा प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया