काठमाडौं । दुई जीबन बीमा कम्पनी एकैदिन बजारमा आएका छन् । सन नेपाल लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सले शुक्रबारदेखि एकैपटक व्यवसाय सूरु गरेका छन् । बिमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईले बीमा कम्पनीको लागि छुट्टै ऋण पत्र जारी गर्न सरकारसँग अनुरोध गर्ने बताए ।
सन नेपाल लाइफ इन्स्योरेन्सको उद्घाटन गर्दै अध्यक्ष चापागाईले बीमा कम्पनीको नाफा नोक्सानमा बैंकको ब्याजदरले प्रभाव पारको हुँदा सरकारले छुट्टै ऋणपत्र जारी गर्नुपर्ने धारणा राखे ।
नयाँ कम्पनीहरुले पुराना कर्मचारीहरुलाई तानातान गर्नुभन्दा पनि बजारमा योग्य र नयाँ जनशक्तिलाई तालिम दिएर बीमा व्यवसाय सञ्चालन गर्नुपर्ने धारणा राखे । उनले बीमा र बैंक १० बर्षको अन्तरालमा स्थापना भएको भए पनि बैंकले बिमाले भन्दा धेरै गुणा बजार ओगटेको बताए ।
उनका अनुसार अहिले बैंकको कभरेज ६० प्रतिशत भन्दा माथि छ र बीमाको मात्र ८ प्रतिशत मात्र रहेको छ । उनले बीमालाई पनि बैंकको जस्तै कभरेज बढाउन नयाँ थप १० जीवन बीमा कम्पनीलाई लाइसेन्सको लागि अनुमति दिइएको चापागाईले बताए ।
सननेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बेसडर हास्य कलाकार सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) रहेका छन् । जीवनको ग्यारेन्टी नभएको हुँदा जीवन बीमा अपरिहार्य रहेको सिताराम कट्टेलले बताए ।
बीमा समितिको निर्देशनमा रहेर मात्र जीवन बीमा व्यवसाय संचालन गर्ने कम्पनीका अध्यक्ष अनुज कयालले बताए।
त्यस्तै नेपालको जीवन बीमा क्षेत्रमा आफ्नो कम्पनीले स्वस्थ प्रतिस्पर्धा गर्ने कम्पनीका संचालक प्रमोद कुमार अग्रवालले धारणा राखे ।
प्रतिक्रिया