वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ब्राण्डेड पसल सिल गरेर चर्चा बटुलेका आपुर्ति मन्त्रीका आँखा राजमार्गका होटलमा

अर्थटुडे
२०७४ आश्विन ८, आईतवार

काठमाडौ । राजधानीका ब्राण्डेड पसलहरुमा अनुगमन गरेर चर्चा बटुलेका आपुर्ति मन्त्री शिव कुमार मण्डलले राजमार्गका होटलमा आखा लगाउन थालेका छन् । उनले होटलहरुले महंगो र गुणस्तरहिन खाना पाइएमा तत्काल खवर गर्न आग्रह गर्दै दोषीलाई कारबाही गर्न कुनै कन्जुस्याई नगर्ने बताएका छन् ।

सम्वन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमन टोली खटाएर दोषीलाई कारबाही गर्ने बताउदै उहाँले कतिपय ठाँउमा आफु पनि छापा मार्न जाने प्रतिबद्धता व्यक्त गरे । जनतालाई ठगिनबाट जोगाउने आफ्नो जिम्मेवारी भएको स्विकार गर्दै आपुर्ति मन्त्री मण्डलले सवारी साधनहरुबाट ठगिएकाहरुलाई कारबाही गर्न ट्राफिक प्रहरीको ध्यानाकर्षण गराए ।

कालाबजारी गरेको आरोपमा बन्द भएका काठमाडौको दरवार मार्गका पसलहरु अहिले अनुसन्धानको प्रक्रियामै रहेकाले कानुन अनुसारको कारबाही गरेर संचालनका लागि फुकुवा गरिने उनको भनाइ थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ