वि.सं. २०८२ असार ११
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्वाचनमा ओलीलाई प्रधानमन्त्रीको उम्मेद्धवार बनाएर अघी बढ्ने एमाले नेताको दाबी

अर्थटुडे
२०७४ आश्विन १६, सोमबार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको उम्मेद्धवार घोषण गरेर चुनावी प्रचारमा जाने स्पष्ट पारेका छन् ।
ज्ञवालीले भने,‘केन्द्रिय समितिको बैठकमा पनि धेरै साथीहरुले यही कुरा उठाउनुभएको छ, अब बस्ने स्थायी कमिटिको बैठले यसबारेमा निर्णय लिन्छ ।’

नेता ज्ञवालीले पनि अबको निर्वाचन आफ्नो पार्टीले आफ्नै खुट्टामा र बलुबुतोमा लड्ने तागद राख्ने बताए । यद्धपी उनले मुलुकलाई राजनीतिक अस्थिरताबाट बाहिर ल्याउनको लागि र स्थायित्व कायम गर्नको लागि बृहत्तर राष्ट्रवादी, वामपन्थी र प्रगतिशील शक्तिहरुसँग गठबन्धन बनाउने पार्टीले निर्णय लिएको सुनाए ।

ज्ञवालीले एमाले एक्लै सरकार बनाउने सक्ने भएपनि मुलुक र जनतालाई बृहत्तर राजनीतिक एकता आवश्कत्ता भएकोले आफूहरुले यस्तो प्रस्ताव अघि सारेको हो । यद्धपी उनले यसबारेमा अन्य पार्टीहरुको धारणाा कस्तो आउँछ त्यो भने हेर्न बाँकी नै रहेको स्पष्ट पारे ।

त्यस्तै उनले आफ्नो पार्टीले कसैको गठबन्धन भत्काउन नखोजेको समेत स्पष्ट पारे । उनले भने,‘हामी कसैको गठबन्धन भत्काउन चाहाँदैनौं, किनकी उहाँहरुको त्यो गठबन्धनलाई हामीले फेस गरेर नै आएको हो, हामी त देश हितको लागि राष्ट्रिय एकता बलियो बनाउनको लागि यस्तो प्रस्ताव गरिरहेका छौं।’ यद्धपी उनले कांग्रेससँग भने आफूहरुको कुनै तालमेल नै नहुने जिकिर गरे । ज्ञवालीले थपे,‘कांग्रेसको घोषित नीति नै दुई वटा पार्टी मिल्नै हुँदैन भन्ने छ, त्यसैले हामी उहाँहरुसँग स्वस्थ प्रतिष्पर्धा गर्छौं ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ