काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यासको लागि नेपाल आउने भएका छन् । उनी असोज अन्तिम साता वा कात्तिकको पहिलो साता भारतीय कम्पनी सतलजको लगानीमा बन्न लागेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यासका लागि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो आयोजना नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम छ ।मोदीको नेपाल भ्रमणको मिति टुंगो लगाउन परराष्ट्र मन्त्रालय गृहकार्यमा जुटेको छ ।
अरुण तेस्रो करिब एक खर्ब १६ अर्ब लागतमा बनाइँदैछ । नौ सय मेगावाटको आयोजनाबाट नेपालले एक सय ९८ मेगावाट बिजुली निःशुल्क पाउनेछ । सन् २००८ मा सतलजले अरुण तेस्रो आयोजना निर्माणको जिम्मा पाएको थियो ।
प्रतिक्रिया