वि.सं. २०८२ बैशाख १४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

को बन्ला नेप्सेको महाप्रवन्धक ?

अर्थटुडे
२०७४ आश्विन १९, बिहीबार

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को महाप्रबन्धकमा तीन जनाको नाम छनौंट गरेको छ । मन्त्रालयले चन्द्रसिंह साउद, प्रमोदराज शर्मा र मनोज ज्ञवालीको नाम मन्त्रीपरिषद्को बैठकमा पेश गर्नका लागि छनोट गरेपछि अब नेप्सेको महाप्रवन्धक बन्ला भनेर अड्कलबाजी सुरु भएको छ ।

छनोटमा परेका तीन जनामध्ये साउद नेपाल इन्स्योरेन्समा महाप्रबन्धक थिए भने शर्मा प्राध्यापक हुन् । यसैगरी ज्ञवाली ज्योती विकास बैंकमा नायब कार्यकारी प्रमूखका रुपमा कार्यरत छन् ।

छानिएका अन्तिम तीन नाम मध्ये मन्त्री परिषदको बैठकले एक नाम छनौट गर्नेछ ।

नेप्सेको महाप्रबन्धकको लागि १३ जनाको आवेदन परेकोमा छनोट समितिले ५ जनाको नाम मन्त्रालयलाई सिफारीस गरेको थियो । जसमा नेप्सेका पुर्व महाप्रबन्धक सिताराम थपलिया, नेप्सेकै अर्की कर्मचारी प्रविण पन्दु्क पनि प्रमूख ५ संक्षित नाममा समावेश थिए ।

करिब साढे २ महिनादेखि नेप्सेको महाप्रबन्धक पद खाली रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ